प्रदेश १ मा पनि २२ गते देखि श्रम स्वीकृति

माघ, २१ काठमाडौं —सरकारले २२ गते बुधबारदेखि प्रदेश १ को राजधानी विराटनगरबाट श्रम स्वीकृति दिने भएको छ । विराटगरबाट सुरु भएसँगै सातै प्रदेशबाट श्रम स्वीकृति लगायतका सबै काम विकेन्द्रीकरण हुने छन् ।

प्रदेश ५ को बुटवल र प्रदेश २ को जनकपुरबाट पुस १५ गतेदेखि सेवा सुरु गरेको थियो । त्यस्तै गण्डकी प्रदेश र कर्णाली प्रदेशमा सेवा सुरु भएका थिए ।

प्रदेशबाटै सेवा सुरु भएसँगै वैदेशिक रोजगार विभाग र उपत्यकाभित्रै रहेका वैदेशिक रोजगार कार्यालय, वैदेशिक रोजगार मलेसिया, कतार र साउदी शाखा कार्यालयमा सेवाग्राहीको संख्या कम हुँदै आएको छ ।