स्थायी कमिटि सचिवालय नेकपाको बैठक बस्दै

माघ २१, काठमाडौं —भेनेजुएला प्रकरण, पार्टी एकता र समसामयिक राजनीतिक विषय लिएर नेकपाको सचिवालय बैठक वस्ने भएको छ । नेकपाले आज सोमबार बिहान १० बजेका लागि बैठक वोलाएको हो ।

भेनेजुएला प्रकरणमा नेकपाले सार्वजनिक गरेको धाारणा विवादित बनिरहेरका वेला एक्कासी बैठक वस्न लागेको पाईएको छ ।यता पार्टी एकताको बाँकी विषयलाई पार लाउन ठोस सुझाव दिन गठित कार्यदलले प्रतिवेदन तयार गरेको छ ।

गएको पुस १२ गतेको स्थायी समितिको बैठकले पार्टी एकताका विषयमा बाँकी काम टुङ्गो लगाउन नौ सदस्यीय कार्यदल बनाएको थियो । केही विषयमा कार्यदलको सहमति भएपनि केही विषयमा सहमति हुन बाँकी छ ।