यूएईविरुद्ध उपाधी जितेका नेपाली क्रिकेट टिम नेपाल फर्कदै

माघ२१, काठमाडौं — एकदिवसीय अन्तर्रा्ष्ट्रिय र टी–२० अन्तर्रा्ष्ट्रिय क्रिकेट सिरिजको उपाधि जितपछि नेपाली क्रिकेट टिम आज नेपाल फर्किंदैछन् ।

तीन खेलको टी–ट्वान्टी सिरिजअन्तर्गत नेपालले अन्तिम खेलमा यूएईलाई १४ रनले पराजित गर्दै सिरिज २–१ ले विजयी भएको थियो । तीन खेलको एकदिवसीय अन्तर्रा्ष्ट्रिय क्रिकेट सिरिजमा पनि नेपालले यूएईलाई २–१ ले नै हराएको थियो ।

पहिलो खेलमा भने यूएईसँग २१ रनले पराजित हुदै दोस्रो खेलमा नेपालले चार विकेटले विजयी भएको थियो ।
यूएई विरुद्ध उपाधी जितेका नेपाली क्रिकेट टिम आज दिउसो ३ बजेर २० मिनेट जाँदा यूएईबाट नेपाल फर्किन लागेको हो ।

नेपाली क्रित्रेट टिमका सन्दीप लामिछाने भने यूएईबाट सीधै बिग ब्यास लिग खेल्न अष्ट्रेलिया प्रस्थान गर्दैछन् ।