चलिचित्र बिकास बोर्डकी अध्यक्ष निकिता पौडेलसँग लिखित स्पष्टिकरण

माघ२०, काठमाडौं — टेलिभिजन प्रस्तोता रवि लामिछानेसँग हालै कोट म्यारिज गरेकी चलिचित्र बिकास बोर्डकी अध्यक्ष निकिता पौडेलसँग बैठकमा उपस्थित नभएको भन्दै, लिखित स्पष्टिकरण मागिएको छ ।

चौमासिक समीक्षा बैठकमा उपस्थित नभएको, बोर्डको सन्तोषजनक काम नगरेको कारण देखाउदै बोर्डकी अध्यक्ष पौडेलसँग सञ्चार तथा सूचना प्रबिधि मन्त्रालयले लिखित स्पष्टिकरण मागेको हो ।

पत्राचार गर्दा पनि अनुपस्थित भएको र बोर्डको काम सन्तोषजनक नरहेको भन्दै स्पष्टिकरण माग गरेको हो । मन्त्रालयले आइतबार आर्थिक वर्ष २०७५र७६ को बजेट कार्यन्वयनसम्बन्धी चौमासिक समीक्षा बैठकका लागि पत्राचार गरेको थियो ।

बैठकमा विकास बोर्डकी अध्यक्ष पौडेल बाहेक मन्त्रालय अन्तर्गत अन्य सबै संस्थान,बोर्ड र निकायका प्रमुखहरु सहभागी थिए । उनको अनुपस्थितीका बारेमा मन्त्री गोकुल बास्कोटाले मन्त्रालयका उच्च अधिकारीलाई सोध्दा मन्त्रालयकी सहसचिव राधिका अर्यालले खबर गरेको तर नआएको जवाफ दिइन् ।

मन्त्री बास्कोटाले चौमासिक बैठकमा उनको अनुपस्थितीबारे तत्काल स्पष्टिकरण सोध्न र गोरखापत्रमा सूचना निकाल्न मन्त्रालयका अधिकारीहरुलाई निर्देशन दिएको जनाईएको छ ।

पौडेलले हालै टेलिभजन प्रस्तोता रवि लामिछानेसँग कोट म्यारिज गरेकी छिन् ।