भारतका लागि आवासीय राजदूतमा निलाम्बर आचार्य नियुक्त

माघ२०, काठमाडौं — सरकारले भारतका लागि आवासीय राजदूतमा निलाम्बर आचार्यलाई नियुक्त गरेको छ । सरकारले आचार्यलाई सिफारिस गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले आज आइतबार राजदूत नियुक्त गरेकी हुन् ।

मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा २८२ को उपधार (१) बमोजिम आचार्यलाई राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएकोे छ ।

भारतका लागि राजदूतमा सिफारिस आचार्य गत मंसिर २३ गतको संसदीय सुनुवाई समितिको बैठकबाट पनि अनुमोदन भईसकेका थिए । राजदूत आचार्यलाई आइतबार नै राष्ट्रपति भण्डारीले पद तथा गोपनीयताको सपथ गराएकी छिन् ।