काँग्रेसले अब संसद अवरुद्ध नगर्ने

माघ, २० काठमाडौ —प्रमुख विपक्षी नेपाली कांग्रेसले आजदेखि संसद अवरुद्ध नगर्ने भएको छ । आइतबार दिउँसो ३ बजेलाई बोलाईएको संसद बैठक अवरुद्ध नगर्ने कांग्रेसले जनाएको छ ।
गिरिजाप्रसाद र सुशील कोइरालाको नाममा स्थापना भएको अस्पताल केन्द्र सरकार मातहतमा राख्नुपर्ने माग सम्बोधन भएपछि कांग्रेसले डा. गोविन्द केसीको जीवन रक्षालाई मुद्दा बनाएको थियो । डा. केसीले एकतर्फी रुपमा अनसन तोडेपछि कांग्रेसले संसदमा अवरोध हटाएको हो ।