टी–ट्वान्टी सिरिजमा आज नेपालले यूएईसँग अन्तिम खेल लड्दै

माघ २०, काठमाडौं – तीन खेलको टी–ट्वान्टी सिरिजमा आज नेपालले यूएईसँग अन्तिम खेल लड्दै छ । टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत अन्तिम तथा तेस्रो खेलमा आज नेपालले घ यूएईसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

पहिलो खेलमा यूएईसँग २१ रनले पराजित हुदै दोस्रो खेलमा भने नेपालले चार विकेटले विजयी भएको थियो । नेपाल र यूएइ दुबै टिमले आफ्नो आफ्नो पोल्टामा बाजी मार्ने दाउमा छन् । खेल नेपाली समय अनुसार दिउँसो २ बजेर ४५ बजे सुरु हुनेछ ।

यसअघि सम्पन्न तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा नेपालले यूएईलाई २–१ ले हराएको थियो ।