१८ माघ, काठमाडौं — चलचित्रका लोकप्रिय कलाकार, राष्ट्रको गहना, एक जना सर्जक, चलचित्र मार्फत समाज परिवर्तनका संवाहक अनि, परिवारका मुख्य धरोधर वीयस राणा परिवार, समाज, अनि राष्ट्रबाट सधैका लागि विदा भए । सधै सम्पन्न हुनेखाने परिवारको वाउको भुमिकामा देखिने मौलिक अभिनयका धनि, राणा निर्विकल्प थिए ।
पछिल्लो चलचित्र उनको दर्पणछाँया २ मा उनलाई धनाढ्य हजुरवाउको भुमिकामा देख्न सकिन्छ । सेतो बाघ, बसन्ती जस्ता चलचित्रमा राजदर्वासँग जोडिएका कथाको भुमिका देखिए । उनले ‘दक्षिणा, कोसेली, चिनो, दुई थोपा आँशु, नेपाली बाबु, करोडपति, दर्पण छाया २, सेतो बाघ, हवल्दार सुन्तली, कसले चोर्यो मेरो मन, दासढुंगा, बसन्ती, दाग’ लगायत सयौं चलचित्रमा मौलिक अभिनय गरेका छन् ।
तर सधै धनाढ्य वाउको भुमिकामा देखा पर्नेे बीयस राणाको वास्तविकता भने अत्यन्तै कमजोर अवस्थाको छ । जीवनको अन्तिम अवस्थासम्म आर्थिक अभावसँग लड्डालड्दै ७६ वर्षको उमेरमा आज शुक्रबार उनको निधन भयो । राणा आज्माको रोगका कारण महाराजगन्जस्थित शिक्षण अस्पतालमा उपचारको क्रममा निधन हुन पुग्यो ।
उनले भोलिको परवाह गरेनन् । भित्री आत्माको दुःख कहिल्यै देखाएनन् उनका कुरा काट्नेहरु कहिल्यै भेटिएनन् । उनको उपचारका क्रममा बाँसबारीमाको घर–जग्गा पनि विक्री भईसकेको छ । रोगले थलएिपछि उनलाई माघ ११ गते शुक्रबार अस्पताल र्पुयाएको थियो ।
बीएस राणाले अभिनय गरेको पहिलो चलचित्र वि.सं २०४१ सालमा बनेको ‘अन्याय’ हो । उनले सुरु गरेको हिट सियरल मुक्तिमै धनाढ्य वुवाको अभिनय गरेका थिए । अहिले राणाका ६० वर्षिय श्रीमती र दुई छोरी छन् । एकछोरी वौद्धिक अपाङ्गता छिन् । तर उनको छोराको भने १३ वर्षको उमेरमा नै निधन भएको थियो ।
आर्थिक अभावसँग जुध्दाजुध्दै निधन भएपछि अव राणाको परिवारलाई मृत्यू शोक त छदैछ तर जिवन निर्वाहअव कसरी होला ?