जिरोनालाई ३–१ गोल अन्तरले हराउदै रियल मड्रिड सेमिफाईनलमा

माघ १८,  काठमाडौं – जिरोनालाई ३–१ गोल अन्तरले हराउदै रियल मड्रिड कोपा डेल रे सेमिफाईनलमा पुगेको छ । बिहीबार राति भएको दोस्रो कोपा डेल रे फुटबल लेगमा जिरोनालाई हराउदै रियलले समग्रमा ७–३ को जित गर्दै सेमिफाइनलमा पुगेको हो ।

पहिलो लेगमा रियलले जिरोनालाई ४–२ गोलअन्तरले हराएको थियो । करिम बेन्जिमाले दुई गोल र मार्कुस लोरेन्टेले एक गोल गरेपछि रियलको जित अघि वढेको थियो । जिरोनाका पेड्रो पोर्रोले गोल फर्काएका थिए ।

खेलको २७ औं मिनेटमा बेन्जिमाले गोल गरेपछि रियल अग्र स्थनामा उक्लिएको थियो । त्यसपछि ४३ औं मिनेटमा बेन्जिमाले अर्काे गोल गरेका थिए ।

पहिलो हाफमा २–० गोलअन्तरले अघि बढेको रियल दोस्रो हाफमा पुग्दा थप एक गोल गप्राप्त भएपनि आफुले एक गोल खाएको थियो । ७१ औं मिनेटमा पेड्रोले गोल गर्दै जिरोनालाई २–१ को स्थितिमा पुर्याएका थिए ।

तर ७६ औं मिनेटमा रियलका तर्फबाट मार्कुसले गोल गोल गरेपछि ३–१ को स्तरमा पुग्यो । बाँकी समयमा कुनै पनि समुहबाट गोल नभएपछि रियलले जिरोनालाई ३–१ गोलअन्तरले हराएको हो ।