दोलखामा करेण्ट लागेर एक जनाको मृत्यु

माघ १७, काठमाडौं — दोलखामा घर बनाउदै गरेका एक जनाको करेण्ट लागेर ज्यान गएको छ । भीमेश्वर नगरपालिका ९ लाँकुरीडाँडा घर भई सदरमुकाम चरिकोट बस्दै आएका ३० वर्षीय राजकुमार लामाको मृत्यु भएको हो ।

सदरमुकाम चरिकोटस्थित आर्मी व्यारेक नजिकै दोलखाको भीमेश्वर नगरपालिका ६ मा करेन्ट लागेर लामाको मजदुरको मृत्यु भएको हो ।भिमसेन श्रेष्ठको घरमा डेरागरि बस्दै आएका उनको सोही घरको तिनतला माथि गारो लगाउने क्रममा करेन्ट लागेको दोलखा प्रहरीले जनाएको छ ।

करेन्ट लागेर गम्भिर घाईते भएका लामाको उपचारका लागि प्रस्तावित चरिकोट अस्पताल पु¥याएपछि मृत्यु भएको हो । १५ दिनदेखि घर निर्माणको काम गरिरहेका लामालाई गाह्रो लगाउने क्रममा टेपले नाप्न खोज्दा विजुलीको तार छोईएर करेन्ट लागेको थियो ।

मृतक लामाको शव प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा राखिएको छ ।