रंगशाला निर्माणका लागि धुर्मुस सुन्तलीलाई प्रधानमन्त्रीले पनि सहयोग गर्ने

माघ १६, काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले धुर्मुस सुन्तली फाउन्डेशनले निर्माण गर्न लागेको अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशालाको अभियानमा सहयोग गर्ने बताएका छन् ।

चितवनमा बन्न लागेको गौतमबुद्ध अन्तर्रा्ष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा कार्यक्रमलाई राष्ट्रिय सभा गृहमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सहयोग गर्ने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले यति ठुलो काम आँट्नु चानचुन कुरा नभएको भन्दै यस्तो महान अभियानमा आफूले सहयोग गर्न कुनै कन्जुस्याई नगर्ने जानकारी गराए ।

फरक प्रसंगमा बोल्दै प्रधानमन्त्री ओलीले आफु भ्रष्टाचारको विरुद्ध बोल्ने मात्रै नभई भ्रष्टाचारीलाई ठेगान लगाउने सक्ने पनि बताए ।