माघ १६, काठमाडौं —नेपाली कांग्रेसले भोली बोलाईएको संसदको बैठक पनि अबरुद्ध गर्ने भएको छ । कार्यव्यवस्था परामर्श समितिको बैठकमा कांग्रेसले संसद अबरुद्ध गर्ने बताएको हो ।
कांग्रेसका नेताहरु गिरिजाप्रसाद र सुशील कोइरालाको नामको अस्पताल विघटन गर्न खोजेको भन्दै कांग्रेसले लगातार संसद अवरुद्ध गर्दै आएको छ ।
सरकारले जवरजस्ती पेलेर चिकित्सा शिक्षा विधेयक पास गरेको तथा सभामुखले अधिकतम शक्ति प्रयोग गरेको भन्दै काँग्रेसले भोलीको संसद सञ्चालन हुन नदिने बताएको हो ।
डा. गोविन्द केसीसँगको सम्झौताका बारेमा कतिपय विषय उल्टाइएको भन्दै यसले सरकारमाथि अविश्वासको पैदा भएको काँग्रेसले जनाएको छ ।