सुनको भाउ बढ्यो : साताकै उच्च

माघ १६, काठमाडौं – पछिल्ला दिनहरुमा सुनको मूल्य आकाशिएको छ । साताको पहिलो दिनदेखि नै निरन्तर बढ्दै आएको सुनको मूल्य साताको चौथौ दिन आज बुधबार ह्वात्तै बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रति तोला ६१ हजार ५ सय  रुपियाँमा कारोबार भइरहेको छापावाला सुन आज ७ सयले बढेर प्रति तोला ६२ हजार २ सय मुल्यमा रुपियाँमा कारोबार भइरहेको छ ।

महासंघले आज प्रति १० ग्राम छापावाला सुनको मूल्य ५३ हजार ३ सय २५ र रुपियाँ कायम गरेको छ । अन्तराष्ट्रिय बजारमा सुनको भाउ बढेको तथा डलरको तुलनामा भारतीय रुपियाँ कमजोर भएकाले नेपाली बजारमा सुन महंगो भएको हो ।

त्यस्तै गरि चाँदीको मूल्य पनि १० रुपियाँले बढेर प्रति तोला ७ सय ८० रुपियाँमा कारोबार भइरहेको छ ।
आज बुधबार प्रति १० ग्राम चाँदीको मूल्य ६ सय ६९ रुपियाँ कायम गरेको छ ।