माघ, १५ काठमाडौ — ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) ले भ्रष्टाचार अवधारणा सूचकाङ्क २०१८ सार्वजनिक गरेको छ ।
नेपाल १८० देश मध्ये ३१ अंक प्राप्त गर्दै १ सय २४ औं स्थानमा रहेको छ । ट्रान्सपरेन्सीले सार्वजनिक गरेको रिर्पोट अनुसार डेनमार्क सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकमा छ भने सोमालिया सबैभन्दा धेरै भ्रष्टाचार हुने देश भएको छ ।
दक्षिण एशियाली राष्ट्रहरु मध्ये सबैभन्दा बढि अंक ल्याएर भुटान कम भ्रष्टाचार हुन् मुलुक भएको छ भने अफगानिस्तान सबैभन्दा कम अंकसहित बढि भ्रष्टाचार हुने देश भएको छ ।
सन् २०१८ मा विश्वका १८० देशमा सार्वजनिक क्षेत्रको भ्रष्टाचारबारे विज्ञ र व्यावसायीको अवधारणामा आधारित भएर ट्रान्सपरेन्सी इन्टरनेशनल मापन गरेको थियो ।