प्रस्तावित संवैधानिक आयोगका अध्यक्षको सुनुवाई स्थगित

माघ १५, काठमाडौं—संवैधानिक परिषद्बाट प्रस्तावित पाँच संवैधानिक आयोगका अध्यक्षको सुनुवाइ स्थगित गरिएको छ । संवैधानिक परिषद्बाट प्रस्ताव गरिएपछि समितिमा नाम पठाइएको भएपनि संसदीय सुनुवाइ समितिले सुनवाई स्थगित गरेको हो । समितिले प्रस्तावित अध्यक्षको उजुरी प्रक्रिया अघि बढाउन सोमबार बैठक बोलाइएको थियो।

समितिमा प्रमुख विपक्षी नेपाली काँग्रेसले संबैधानिक परिषदको विधी प्रक्रियाबारे अध्यन गरेपछि मात्रै अघि बढाउने भनेपछि तत्कालका लागि सुनुवाई स्थिगत गरिएको हो । तर, सत्तारुढ दलले समितिमा नाम आइसकेका कारण विधि प्रक्रियाबारेमा अध्ययन गर्ने अधिकार समितिलाई नभएको बताएका थिए ।

सुनुवाइ गरिनुपर्ने र रोक्नुपर्ने पक्ष र विपक्षको अडानका कारण समितिमा विवाद कायमै रहेको छ । समितिका सभापति लक्ष्मणलाल कर्णले तत्काललाई स्थगित गर्दै राष्ट्रसंघीय नियोगको स्थायी सदस्यका लागि मन्त्रिपरिषद्बाट प्रस्ताव गरिएका अमृत राईको सुनुवाइ अघि बढाएका थिए । राईको नाम अभने नुमोदन भईसकेको छ ।

माघ ६ गतेको संवैधानिक परिषद्को बैठकले पाँचवटा संवैधानिक आयोगका अध्यक्षको नाम सिफारिस गरको थियो ।

माघ ६ गते आइतबार सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको परिषद् बैठकले राष्ट्रिय प्राकृतिक तथा वृत आयोगको अध्यक्षका लागि पूर्वसचिव बालानन्द पौडेल, समावेशी आयोगमा पूर्वसचिव शान्तराज सुवेदी, मधेसी आयोगमा विजयकुमार दत्त, थारू आयोगमा विष्णुकुमार चौधरी र मुस्लिम आयोगका अध्यक्षका लागि समिम अन्सारीलाई सिफारिस गरेको थियो ।