कांग्रेसको बिरोधबिच चिकित्सा शिक्षा विधेयक राष्ट्रिय सभामा प्रस्तुत

माघ, १४ काठमाडौं —प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुको विरोधका बीच चिकित्सा शिक्षा विधेयक २०७५ राष्ट्रिय सभामा प्रस्तुत भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले सोमबार विधेयक प्रस्तुत गरेका हुन् ।

माघ १७ गते २ बजेसम्मका राष्ट्रिय सभा बैठक लागि स्थगित भएको छ। चिकित्सा शिक्षा विधेयकमा संशोधन दर्ता गर्न सांसदहरुलाइ ७२ घण्टाको समय दिइएको छ ।  विधेय प्रस्तुत भइरहँदा कांग्रेस सांसदहरुले विरोध गरेका थिए ।