टस जितेर नेपालले दियो युएईलाई ब्याटिङको निम्तो

माघ, १४ काठमाडौ —एक दिवसीय अन्तर्रा्ष्ट्रिय क्रिकेट सिरिजको अन्तिम खेलमा नेपालले टस जितेर युएईलाई ब्याटिङको निम्तो दिएको छ । युएई र नेपालबीचको एकदिवसीय सिरिज १–१ को बराबरी अवस्थामा छ ।

घरेलु टोली युएईविरुद्धको पहिलो खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो ।  दोस्रो खेलमा भने नेपालले युएईमाथि १४५ रनको शानदार जित निकालेको थियो ।
गत चैतमा एकदिवसीय विश्वकप छनोटमा सातौँ स्थानमा रहँदै नेपालले चार वर्षका लागि एकदिवसीय राष्ट्रको मान्यता प्राप्त गरेको थियो ।