चिकित्सा शिक्षा विधेयक राष्ट्रिय सभाको बैठकमा पेश हुँदै

माघ, १४ काठमाडौ — बहु प्रतिक्षित राष्ट्रिय चिकित्सा शिक्षा विधेयक आज राष्ट्रिय सभामा पेश हुँदैछ ।

राष्ट्रियभा सभा बैठक सोमबार बिहान ११ बजे बस्दैछ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने बैठक अवरुद्ध गर्ने तयारी गरेको छ । यसअघि ११ माघमा प्रतिनिधिसभाले कांग्रेस सांसदको होहल्लाकाबीच चिकित्सा शिक्षा विधेयक पास गरेको थियो ।

अनशनरत डा. गोविन्द केसीसँग सरकारले विगतमा गरेका सहमति र सम्झौताका विषयहरु विधेयकमा नसमेटिएको र आफ्ना नेताहरुका नाममा खोलिएका अस्पतालहरु सरकारले विघटन गर्न खोजेको भन्दै कांग्रेसले विरोध गर्दै आएको छ ।