कक्षा ११ र १२ को वार्षिक परीक्षा तालिका आयो

माघ १४, काठमाडौं — कक्षा ११ र १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी भक्तपुरले कक्षा ११ र १२ को वार्षिक परीक्षा तालिका सार्वजनिक गरेको हो ।

बोर्डले आज ०७६ सालको साधारण तथा प्राविधिक विषय समूहतर्फका नियमित, ग्रेडवृद्धि, एवं आंशिक परीक्षार्थीहरुको वार्षिक परीक्षा तालिका सोमबार सार्वजनिक गरेको छ ।

कक्षा १२ को परीक्षा ०७६ वैशाख १५ बाट सुरु भई वैशाख २६ गतेसम्म सञ्चालन हुनेछ । त्यसैगरी कक्षा १२ को परिक्षा सकिने वित्तिकै वैशाख २९ देखि जेठ ८ गतेसम्म कक्षा ११ को परीक्षा सञ्चालन हुने बोर्डले जनाएको छ ।  कक्षा ११ र १२ को परिक्षा बिहान ७ बजेदेखि १० बजेसम्म सञ्चालन हुनेछ ।