एक दिवसीय अन्तराष्ट्रिय क्रिकेट सिरिजको अन्तिम खेलमा आज नेपाल र युएई भिड्दै

माघ१४ , काठमाडौं -एक दिवसीय अन्तराष्ट्रिय सिरिजको युएईसँगको अन्तिम खेलमा नेपालको आजको प्रदर्शनलाई वडो उत्सुकतापूर्ण लिइएकोछ । युएईसँगको पहिलो खेलमा तीन विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा उत्कृष्ट प्रदर्शन सफल भएको थियो ।

दोस्रो खेलमार्फत नेपालले युएईलाई १४५ रनले पराजित गर्न सफल भएको थियो । त्यसैले आजको अन्तिम खेलमा पनि दोस्रो खेलको जस्तै नतिजा निकाल्ने लक्ष्यमा नेपाली क्रिकेट टिम अगाडी बढेको छ । खेल विहान ११ बजेर १५ मिनेटमा सुरु हुने छ ।

आजको खेलमा युएईलाई पराजित गर्दै सिरिज जित्न सकेमा नेपालको लागि यो ऐतिहासिक सिरिज बन्नेछ । गत वर्षको चैतमा एक दिवसीय अन्तराष्ट्रिय मान्यता पाएको नेपालले नेदरल्यान्ड्ससँग दुई खेलको सिरिज खेलेको थियो । तर त्यो सिरिजमा भने नेपालले नेदरल्यान्ड्ससँग १–१ को बराबरीमा खेल सकाएको थियो ।

युएईसँगको आजको खेलपछि नेपालले तीन खेलको टी–ट्वान्टी क्रिकेट सिरिज खेल्न पाउनेछ ।