स्पेनिस ला लिगा फुटबलमा जिरोनालाई पछार्दै बार्सिलोनाको जीत

माघ१४, काठमाडौं -लिग लिडर बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा जिरोनालाई हराउदै विजयी भएको छ ।आइतबार रातिको खेलमा बार्सिलोनाले जिरोनालाई २–० गोल अन्तरले पराजित गर्दै विजयी भएको हो ।

कप्तान लियोनल मेस्सी र नेल्सन सेमेडोले गोल गर्दै बार्सिलोनालाई जिताएका हुन् । बार्सिलोनाको तर्फबाट खेलको नवौं मिनेटमै नेल्सनले गोल गरेका थिए । पहिलो हाफको सुरुवातीमै गोल खाएको जिरोनाले दोस्रो हाफमा अर्काे गोल खाएको थियो ।

बाँकी समय दुबै टिम गोल रहित भएपनि पहिलो २ गोलले बार्सिलोनाको जित भयो । बार्सिलोनाले २१ खेलबाट ४९ अंक बनाएको छ । जिरोनाको भने २४ अंक रहेको छ ।