नेपाल एयरलाइन्सको अफर —काठमाडौं– बैंकक २६ हजार रूपैयाँमा

माघ, १३ काठमाडौ —नेपाल एयरलाइन्सले काठमाडौं–बैंकक २६ हजार रूपैयाँमा ’राउन्ड ट्रिप’ भाडादर सार्वजनिक गरेको छ ।

पर्यटन प्रवर्द्धन तथा व्यापार अभिवृद्धि गर्ने उद्देश्यका साथ एयरलाइन्सले छुट योजना ल्याएको हो । मार्च महिनासम्म लागू हुने यो योजनामा समूहमा टिकट काट्नेलाई अतिरिक्त सहुलियत सहित रहेको छ ।

काठमाडौं–बैंकक–काठमाडौं यात्रामा जाने यात्रुलाई ‘वान टिकट फ्रि इन ग्रुप फाइभ’ योजना छ । यसअन्तर्गत पाँच जनाको समूहमा टिकट किन्दा एक जनालाई टिकट निःशुल्क उपलब्ध हुनेछ ।