क्रिकेटमा रोहितको कीर्तिमान, सबैभन्दा कम उमेरमा अर्धशतक

माघ, १३ काठमाडौ — नेपालका रोहितकुमार पौडेल अन्तर्रा्ष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने सबैभन्दा कम उमेरका खेलाडीको कीर्तिमान राख्न सफल भएका छन् ।

दुबईमा शनिबार यूएईसँग भएको दोस्रो एकदिवसीय अन्तर्रा्ष्ट्रिय खेलमा रोहितले १६ वर्ष १ सय ४६ दिनमा अर्धशतक बनाउँदै सबैभन्दा कम उमेरमा अर्धशतक बनाउने भारतका सचिन तेन्दुलकर र पाकिस्तानका शहिद अफ्रिदीको कीर्तिमानलाई तोडेका हुन् ।

उनि गतवर्ष नामिबियामा भएको विश्व क्रिकेट लिग डिभिजन–२ बाट रोहित नेपाली टोलीमा आएका हुन्