मौसम खराबीका कारण त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलका सबै उडान अवतरण बन्द

माघ १३, काठमाडौं —मौसम खराबीका कारण आज पनि त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलका सबै उडान अवतरण बन्द गरिएको छ ।
काठमाडौं उपत्यकामा विहानैदेखिा हल्का पानी परिरहेको र मौसम भिजिबिलिटी एकदमै कम भएका कारण उडान अवतरणका सबै कार्यक्रम बन्द गरिएका हुन् ।

त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले एयरपोर्ट पूरै क्लोज भएकाले कुनै पनि उडान अवतरण नभएको बताए ।

मौसमविद समिर श्रेष्ठले एयरपोर्ट क्षेत्रमा पानी पर्न रोकिए पनि भिजिबिलिटी १ सय मिटर तल झरेको बताए । तर उडान अवतरणका लागि १५ सय मिटरसम्म भिजिबिलिटी चाहिने भएकाले उडान अवतरण हुन सकेको छैन ।

मौसमविदहरुले काठमाडौंको आकाश दिउँसोतिर खुल्ने अनुमान गरेका छन् । उनीहरुका अनुसार
हिजो अस्तिको पश्चिमी वायुको प्रभावले काठमाडौंमा मौसम बदली भएको हो । देशको मध्य र सुदूरपश्चिममा पनि बदली भईरहेको छ । दिउँसोतिरबाट घाम लाग्छ ।