बाराको पसाहा पुल नजिकै स्कार्पियो दुर्घटना : १को मृत्यू, ३ जना घाईते

माघ १३, सिमरा—बाराका सुरक्षा अधिकारी चढेको स्कार्पियो दुर्घटनामा पर्दा १ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा सशस्त्र प्रहरी बल १२ नम्बर गण, बाराका प्रहरी उपरीक्षक (एसपी) बलराम पोखरेल रहेका छन् ।

प्रमुख अधिकारी चढेको ना १ झ १६३३ नम्बरको स्कार्पियो जीपसाँझ वनभोज कार्यक्रमबाट फर्किदै गर्दा शनिवार साँझ सडकमा रोकी राखेको ट्याक्टरको टेलरसँग ठोक्किएर दुर्घटनामा परेको सशस्त्र प्रहरी बल बाराले जनाएको छ ।

पथलैया–निजगढ सडकखण्डको पसाहा पुल नजिकै भएको दुर्घटनामा परी बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईसहित अन्य ३ जना पनि घाइते भएका छन् ।

बाराका प्रमुख जिल्ला अधिकारीको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । अन्य घाइते हुनेहरुमा सशस्त्र प्रहरीका हवल्दार सञ्जयकुमार यादव, शम्भु गुरुङ र चालक जगत पटेल छन् ।