बजार नपाएपछि तरकारी खेतीमै डोजर

 

माघ, १३ काठमाडौ —आफूले उत्पादन गरेको तरकारीले मूल्य नपाएपछि खैरहनी नगरपालिका–६, तुलसीपुरका किसानले खेतीमै डोजर लगाएका छन् ।
बजारमा प्रतिकेजी ३० रुपैयाँ मूल्यमा बिक्री भइरहेको बन्दाकोभी र १५ रुपैयाँ पर्ने मुला व्यापारीले प्रतिकेजी दुई रुपैयाँमा पनि नलगेपछि किसानहरु खेतीमै डोजर लगाएका हुुन्
पछिल्लो समय भारतबाट अत्यधिक परिमाणमा तरकारी आयात हुने गरेका कारण नेपालका किसानले उत्पादन गरेको तरकारीले बजारमूल्य पाउन सकेको छैन । हरेक घरमा उत्पादन हुुने भएकाले पनि उत्पादनले बजार पाउन नसकेको हो ।