माघ, १२ इनरुवा —सुनसरी कोशी गाउँपालिकामा शुक्रबार भैँसी सुन्दरी प्रतियोगिता सम्पन्न भएको छ
स्थानीय समाजसेवी धर्मेन्द्र विश्वासका अनुसार प्रतियोगितामा कोशी गाउँपालिका–३ पश्चिम कुशाहाका बिन्देशर इशरको भैँसी प्रथम, बालेश्वर परसैलाको भैँसी दोस्रो र कोशी गाउँपालिका–४ का रामरत्न यादवको भैँसी तेस्रो भएको हो।
विजेता भएका भैँसी धनीलाई गाउँपालिकाले क्रमशः रु २५ हजार, १५ हजार र रु १० हजार नगद पुरस्कार दिने गाउँपालिकाका अध्यक्ष एयुव अन्सारीले बताए ।
प्रतियोगितामा कोशी गाउँपालिका क्षेत्रभित्रका करीब दुई सयभन्दा बढी भैँसीलाई सहभागिता गराइएको थियो । रासस
सुनसरीमा भैँसी सुन्दरी प्रतियोगिता सम्पन्न, प्रथमलाई २५ हजार पुुरुस्कार
