माघ, १२ काठमाडौँ —भारतमा आज (शनिबार) ७० औँ गणतन्त्र दिवस मनाइँदैछ । संविधान लागू भएको दिनलाई भारतमा गणतन्त्र दिवसका रुपमा मनाइने गरिन्छ। हरेक वर्ष २६ जनवरीका दिन यो दिवस मनाइन्छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले भारतको ७० औँ गणतन्त्र दिवसका अवसरमा त्यहाँका राष्ट्रपति रामनाथ कोविन्दलाई एक सन्देश पठाउँदै हार्दिक शुभकामना व्यक्त गरेकी छन् । त्यसैगरी उपपराष्ट्रपति नन्दबहादुर पुनले आफ्ना भारतीय समकक्षी एम भिनकाइ नाइडुलाई पनि एक सन्देश पठाउँदै गणतन्त्र दिवसको हार्दिक शुभकामना व्यक्त गरेका छन् ।
यसै अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई पनि एक सन्देश पठाउँदै हार्दिक शुभकामना व्यक्त गरेका छन् ।