दृष्टिबिहिन रमेश प्रसाईंले हासिल गरे पब्लिक स्पिकर नेपाल सिजन २ को उपाधि

काठमाडौ —पब्लिक स्पिकर नेपाल सिजन २ को उपाधि धरानका रमेश प्रसाईंले हासिल गरेका छन् ।
मकवानपुरकी दिपशिखा घिमिरे, काठमाडौंका प्रज्वल विक्रम विष्ट, धरानका रमेश प्रसाईं, काठमाडौंका प्रनव काफ्ले र मोरङ्गकी मञ्जीता गुरुङ्गबीच अन्तिम प्रतिस्पर्धा भएको थियो ।
रमेशले प्रतियोगीताको प्रमुख उपाधिको साथै पब्लिक स्पीकर नेपाल २ को पब्लिक च्वाइस अवार्डसमेत हात पारे ।
कार्यक्रममा विजेता, प्रथम उपविजेता र द्वितिय उपविजेतालाई क्रमशः नगद पुरस्कार स्वरुप तीन लाख, दुई लाख र एक लाख लाख रुपैंया पाए।

महानायक राजेश हमाल, लैंङ्गिक तथा विकास विज्ञ सरु जोशी श्रेष्ठ, संविधानविद् डा. भिमार्जुन आचार्य, एलसीसीआई नेपाल संस्थाका चिफ अपरेटिङ्ग अफिसर डा.रोशन राठीले कार्यक्रमको विभिन्न चरणमा निर्णायकको भूमिका निर्वाह गरेका थिए।