लगातार हिमपातका कारण हुुम्लामा हवाई सेवा अवरुद्ध

माघ, १२ काठमाडौ — हुुम्लामा लगातार हिमपात भएपछि चार दिनदेखि हवाई सेवा अवरुद्ध भएको छ ।
सिमकोट उड्डयन कार्यालयले धावनमार्गमा जमेको हिँउ पस्साउन खोजेपनि बाक्लो हिँउ परेकाले सफल हुुन सकेन ।
सोमबार राति देखि शुुक्रकार सम्म परेको ,हिमपातले कारणले हवाई सेवा बन्द हुँदा जनजीवन प्रभावित बनेको छ । बन्दले जिल्लाबाट नेपालगन्ज र सुर्खेत जाने र हुम्ला आउने यात्रुहरू अलपत्र परेका छन् ।