चिकित्सा विधेयकलाई लिएर संसदमा, आज पनि मुठभेड हुनसक्ने खतरा

माघ११, काठमाडौं —राष्ट्रिय चिकित्सा शिक्षा विधेयकको विषयलाई लिएर पटक पटक अबरुद्ध भएको संसदमा आज के होला ?

सरकारले आजको प्रतिनिधिसभाको बैठकबाट विधेयक पारित गर्ने तयारी गरेको छ भने, कांग्रेसले यसलाई अघि बढ्न नदिने रणनीति लिएको छ । आज शुक्रबार बोलाइएको प्रतिनिधीसभाको बैठकमा पनि चिकित्सा शिक्षा विधेयकलाई लिएर सत्ता पक्ष र विपक्षका सांसदहरुका विच मुठभेड  हुने खतरा बढेको छ ।

आज संसद्मा हुनसक्ने सम्भावित मुठभेडको खतरा तथा अप्रिय घटना हुन नदिन संसद् सचिवालयले पूर्वतयारी गर्दै मर्यादापालकको संख्या बढाइएको छ ।

कांग्रेसले विगतका सहमति विपरित सरकारले बेइमानीपूर्वक तयार पारेको विधेयकको संशोधन हुनुपर्ने मागको अडान लिएको छ । अर्थात सरकारले पेलेरे विधेयक पारित गर्न लागेको भन्दै काँग्रेसले संसदमा अवरोध गर्दै आइरहेको छ ।

प्रतिनिधीसभा बैठकको आजको मुख्य एजेण्डा नै चिकित्सिा शिक्षा विधेयक पारित गर्ने रहेको, संघीय संसद्का महासचिव मनोहर भट्टराईल जानकारी गराए ।