सातदोबाटो हुदै नारायणगोपाल चोक मेट्रो रेलका लागि ग्लोबल टेण्डर आह्रवान, चैत ८ सम्म दरखास्त दिन सकिने

माघ, १० काठमाडौ — सातदोबाटो —रत्नपार्क —नारायण गोपाल चोकको १२ किलोमिटर लामो रेल रुटको लागि रेल विभागले ग्लोबल टेण्डर आह्रवान गरेको छ ।

विभागले निकालेको ग्लोवल टेण्डर अनुसार इच्छुक कम्पनीले चैत ८ गतेसम्म दरखास्त दिन सक्नेछन् । त्यसपछि सटलिष्ट गरि उत्कृष्ट कम्पनीलाई विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) निर्माणको जिम्मा दिइने बिभागले बताएको छ ।

ठेक्का पाउने कम्पनीले १८ महिनामा डिपिआर तयार गर्ने र त्यसपछि निर्माणको प्रक्रियामा जाने तयारी रहेको विभागले बताएको छ ।