ग्लोबल आईएमई बैंकको कामु प्रमुख कार्यकारी अधिकृतमा महेशकुमार ढकाल

माघ १०, काठमाडौं — ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा महेशकुमार ढकाल नियुक्त भएका छन् ।

यस अघिका प्रमुख कार्यकारी अधिकृत जनक शर्माले राजिनामा दिएपछि बैंकले तीन महिना अघि मात्रै उप प्रमुख कार्यकारी अधिकृत भएर प्रवेश गरेका ढकाललाई कामु प्रमुख कार्यकारी अधिकृत बनाएको हो ।

ढकाल पहिला तत्कालिन टुरिजम डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत पनि थिए । तर उक्त बैंक मेगा बैंकमा टुरिजम डेभलपमेन्ट बैंकमा गाभिएपछि उनको स्थान तेस्रो थियो ।

लगत्तै उनी ग्लोबल आईएमई बैंकको उप प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गरिएको थियो । भएका ढकाल अर्को सिइओ नभेटीएसम्मका लागि बैंकको कामु सिइओ बनेका हुन् ।

चार्टर्ड एकाउन्टेन्टसमेत रहेका ढकाल टुरिजम डेभलपमेन्ट बैंक, मेगा बैंक हुँदै ग्लोबल बैंक प्रवेश गरेका हुन् ।
तर यस अघिका प्रमुख कार्यकारी अधिकृत शर्माको काम सन्तोषजनक नभएको भन्दै सञ्चालक समितिले राजिनामा मागेको थियो ।