प्रहरी इन्काउन्टरमा सप्तरीका दिपेन्द्र चौधरीको मृत्यू

माघ ९, सप्तरी — सप्तरीको कडरबोनाका दिपेन्द्र चौधरी प्रहरी ईन्काउटरमा मारिएका छन् ।

सप्तरीको राजविराज रुपनी सडकखण्ड नजिकै असईको हत्या र हबल्दारलाई घाइते बनाएको आरोप लागेका दिपेन्द्र चौधरी प्रहरी कार्वाहीमा मारिएका हुन् ।

बुधबार बिहान गस्तीमा गएको प्रहरी टोलीमाथि गोली प्रहार गरेपछि जवाफी कारवायहीमा उनको मृत्यु भएको सप्तरी प्रहरी प्रमुख एसपी राजेन्द्र विष्टले बताए ।

चौधरीले पाँच वर्षअघि असई रमेश सुव्वाको हत्या गरेको, एक साताअघि सप्तरीको खड्ग नगरपालिकामा प्रहरी हबल्दार महेन्द्र सतरामाथि गोली प्रहार गरेको एसपी बिष्टकको भनाई छ ।