वैदेशिक रोजगारीमा जानेले २ सय डलर मात्रै साट्न पाउने

वैदेशिक रोजगारमा जाँदै हुनुन्छ ? अब २ सय अमेरिकी डलरसम्मको मात्रै सटही सुविधा पाउनुहन्छ । राष्ट्र बैंकको मुद्रा बिनिमय व्यवस्थापन विभागले बैंक तथा वित्तीय संस्थाहरुलाई यह निर्देशन गरेको छ ।

वैदेशिक रोजगारीमा जानेले २ सय अमेरिकी डलरभन्दा बढीको सटही गर्न पाउने छैनन् । यसअघि ५ सय अमेरिकी डलरसम्म साट्न पाउने सुविधा थियो ।

कामका लागि विदेश पुगेपछि खान, बस्नको व्यवस्था रोजगारदाताले दिने भएकाले पाँच सय अमेरिकी डलरको सुविधा चाँही संचितीमा असर पर्ने विभागका प्रमुख भिष्मराज ढुंगानाको भनाई छ ।

पछिल्लो समयमा राष्ट्र बैंकको डलर संचिती घट्दै गएको छ । २०७५ असार मसान्तसम्मको अमेरिकी डलरको सञ्चिति १० अर्ब ८ करोडमा ७.९ प्रतिशतले घटेर ९ अर्ब २९ करोडमा झरेको छ ।

डलरको संचिती घट्दै गएकाले पछिल्लो समय राष्ट्र बैंकले सटही सुविधामा कडाई गरेको हो ।