पर्यटनमन्त्री बर्खास्त गर्न माग गर्दै संसद भवनअगाडि धर्ना बसेका मानअधिकारकर्मी पक्राउ

माघ, ८ काठमाडौ — डा.केसीसँगको सहमति कार्यान्वयन, जहाज खरिद भ्रष्टाचारका मूल दोषीहरूलाई कारबाही र मन्त्री रविन्द्र अधिकारीलाई बर्खास्त गर्न माग गर्दै संसद भवनअगाडि धर्नामा बसेका करिब दुई दर्जन आन्दोलनकारीलाई प्रहरीले पक्राउ गरेको छ ।
मानवअधिकारकर्मीका समूहलाई महानगरीय प्रहरी वृत्त बानेश्वरले पक्राउ गरेको हो । आन्दोलनकारीले निषेधित क्षेत्र प्रवेश गर्न खोजेकाले प्रहरीले उनिहरुलाई पक्राउ गरेको हो ।