हुम्लामा हिमपातका कारण जनजिवन कष्टकर, हवाइ सेवा बन्द

माघ, ८ काठमाडौ — हुम्लामा भारी हिमपात भएपछि जनजिवन कष्टकर हुनका साथै हवाई सेवा समेत बन्द भएको छ ।

हिमपातसँगै सिमकोटको तापक्रम माइनस आठ डिग्री सेल्सियस भएको छ । चिसोले गर्दा घरबाट निस्कन समेत समस्या भएको छ। दक्षिण क्षेत्रमा रहेको केही स्थानमा वर्षा भएकोे पनि भएको छ ।

हिमपातले नेपालगन्ज र सुर्खेतबाट उडान हुने हवाइ सेवा समेत बन्द भएका छन । बिद्यालयमा समेत प्रभाव पर्नुका साथै चिसोले बिद्यार्थीहरु बिद्यालय जान नसक्ने अवस्था रहेको छ ।