विराटनगर उच्च अदालतका मुख्य न्यायाधीश भुर्तेल पनि कारबाहीमा

माघ ८, काठमाडौं — उच्च अदालत विराटनगरका मुख्य न्यायाधीश कुलरत्न भुर्तेललाई पनि कारबाही गरिएको छ । सुन तस्करीका अभियुत्तलाई विवादित रुपमा थुनछेक आदेश दिएको भन्दै न्याय परिषद्ले भुर्तेललाई पनि कारवाहीको दायरामा ल्याएको हो ।

यसअघि न्याय परिषदले, न्यायाधीशहरु नागेन्द्रलाभ कर्ण, सारङ्गा सुवेदी, थीरबहादुर कार्की, उमेशकुमार सिंह र उमेशराज पौडेललाई न्याय परिषद्को सचिवालयलाई ल्याइसकेको थियो ।

साढे ३८ क्विन्टल सुन तस्करीमा पक्राउ गरेकाहरुलाई पुर्पक्षका लागि थुनामा राख्न दिएको जिल्ला अदालतको आदेशलाई उल्टाउँदै उच्च अदालतले अधिकांशलाई धरौटीमा छाडेको छ ।

न्याय परिषदले यसको छानविन गर्न सर्वोच्चका न्यायाधीश ईश्वर खतिवडालाई जिम्वेवारी दिएको छ । यस्तै उच्च अदालत पाटनका न्यायाधीश विश्वमंगल आत्रेयको छानविनका लागि अर्का न्यायाधीश आनन्दमोहन भट्टराईलाई पनि जिम्मा दिइएको न्याय परिषद्ले जनाएको छ ।

न्याय सम्पादनमा गढवढी गरेपछि आत्रेयलाई न्यायपरिषदको सचिवलायमा ल्याइएको थियो । यस्तै सर्वोच्चका मुख्य रजिष्टार राजन भट्टराई उच्च अदालत पाटनको न्यायाधीश नियुक्तीमा सिफारिस भएका छन् भने, न्यायिक प्रतिष्ठानको कार्यकारी निर्देशकमा पूर्व न्यायाधीश तपबहादुर मगर नियुक्त भएका छन् ।