माघ ८ गते तपाईको आज (राशिफल )

 

 

जोतिषचार्य शिवराज रेग्मी

मेष राशि — अशुभ समाचारले मन दुखी बनाउँनेछ । गरेको काममा दिलासुस्ती हुनेछ । शत्रुपक्ष विजयी हुनेछन् ।

वृष राशि — प्रेम प्रस्ताव आउँन सक्छ । मित्रजनको सहयोगबाट आटेको काममा सफलता मिल्नेछ । खेलकुदमा मन जानेछ ।

मिथुन राशि — आँखामा समस्या आउँनसक्छ । व्यापारमा घाटा हुनसक्छ । मन भयभित रहला ।

कर्कट राशि — सामाजिक परोपकारको कार्यमा मन जानेछ । रमाईलो माहोलमा सहभागि भैएला । नजिकको मान्छेबाट सहयोग प्राप्त हुनेछ ।

सिंह राशि — चिताएको काममा सफलता पाउँनलाई गाह्रो हुनेछ । अध्ययनको प्रतिफल नकरात्मक आँउन सक्छ । नसोचेको काममा खर्च बढ्नेछ ।

कन्या राशि — नयाँ मित्रसँग भेटघाट हुने अवसर मिल्नेछ । गरेको काममा सफलता मिल्नेछ । धार्मिक क्षेत्रको यात्रा हुनेछ ।

तुला राशि — कार्यस्थलमा सहकर्मीको सहयोग प्राप्त हुनेछ । राजनितिक व्यक्तित्वसँग भेटघाटको अवसर मिल्नेछ । प्रेमसम्बन्धले मन खुशी हुनेछ ।

वृश्चिक राशि — भौतिक साधन जुटाउनका लागि गाह्रो हुनेछ । शरिर आलश्य हुनेछ । सम्बन्ध विच्छेदले गर्दा मन दुखी हुनेछ ।

धनु राशि — स्वास्थ्यमा सामान्य समस्या देखिनेछ । बोलिका कारण सम्बन्धमा समस्या आउँनेछ । मन दुखी रहला ।

मकर राशि — अध्ययनमा रुचि बढ्दै जानेछ । सृजनात्मक कामबाट अरुको मन जित्न सकिनेछ । नयाँ कामको थालनी हुनेछ ।

कुम्भ राशि —  न्याय प्राप्त हुनेछ । विशिष्ट व्यक्तिसँग भेटघाट हुनेछ । नसोचेको क्षेत्रमा सफलता मिल्नेछ ।

मीन राशि — जोश जागर घट्नेछ । काममा केही बाधा आउँन सक्छ । नजिकको मान्छेबाट घात हुनसक्छ ।

यसदिनमा दिनको ३ देखि ४.३० बजेसम्म राहुकाल रहनेछ । यस समयमा महत्वपूर्ण कार्य नगर्नु होला ।