मैले जे देखे : ईटली  भ्रमण, अध्ययन र सिकाई

विकास डंगोल

अध्यक्ष —कामपा वडा १२ 

मेरो यात्रा    

म काठमाडौं महानगरपालिकाको वातावरण समितिको संयोजक । महानगरलाई धुलो —धुवाबाट मुक्त गराउने अभियान छु । यही सिलसिलामा महानगरले पाँच वटा व्रूमर ल्याउने योजना बनायो । फलस्वरुप वल्र्ड वाईड कोटेशन आवान गर्दा ईटलीको दुलेभो कम्पनीसँग सम्झौता हुन पुग्यो । र काठमाडौं महानगरका लागि आयात गर्न लागिएको व्रमुरको अवस्था, त्यसको गुणस्तर र कम्पनीको बारेमा अध्यन गर्ने जरुरी ठानियो । सोही अनुसार ईटली भ्रमण गर्ने अवसर पाँए । डिसेम्वर १ देखी ईटलीको रोम भ्रमण गर्ने मिति तय भयो । र एक हप्ते अध्ययन भ्रमणमा निस्किए ।

यात्राको उद्देश्य

काठमाडौं उपत्यका धुलो, धुवाँ र प्रदुषणबाट आजित भईसकेको छ । त्यसैले काठमाडौलाई अहिले धेरैले धुुलोमान्डु भन्ने गरेका छन । हरेक दिन सवारीको चाप वढिरहेको छ । पैदल हिड्ने यात्री सवारीको धुलो र धुवाँका कारण मुख छोपेर हिड्न वाध्य छन् । स्थानीयबासी महानगर र सरकारलाई गाली गरिरहेका हुन्छन् । सडकको चाप वढेको छ तर क्षमता कमजोर छ, यही अवस्थामा सडक विस्तार, ढल तथा पानीको पाईप विछ्याउने जस्ता कार्यले हिउँदमा धुलो उड्ने वर्षामा पानी जम्ने, हिलाम्मे हुने यस्तो किसिमको समस्याबाट काठमाडौं उपत्यकालाई छिट्टै मुक्त गराउने अहिले एउटा अभियान चलिरहेको छ । यही अभियानमा काठमाडौंको धुलो वढार्ने र पानी छर्कने व्रुमर र जेट मिसिन खरिद गर्नु र यसको अवस्था अध्यन गर्नु यो भ्रमणको उद्धेश्य थियो ।

यात्रामा मैले जे देखे

जब जहाजबाट ईटाली विमानस्थलभुमीमा अवतरण भए, एकदमै अनौठो लाग्यो । कहाँको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल कहाँको ईटलीको रोम विमानस्थल, अत्यन्तै फरक र राम्रो । यसको कसरी व्याख्या गरु ? त्यहाँको विशेषता भनेकै सुन्दर सफा शहर वनाउने । वजार, चोक र गल्ली काठमाडौका जस्तै तर त्यहाँका गल्ली अनि शहरमा कतै पनि धुलो र धुवाँ देख्न पाइदैन । फोहर भन्ने कुरा कहिँ छैन । फोहर राख्नका लागि ठाउठाउँमा डस्टविन राखिएको छ । सडकका नालीहरु कति व्यवस्थित गरिएका । चारैतिर चाईनिज घाँसले हरियाली वनाइएको छ । मानिस पनि कत्ति शभ्य, शालिन र भद्र व्यवहारका । फूलका गमलाहरु पनि त्यस्तै व्यवस्थित गरिएका ।

काठमाडौंको फोहोर मैला व्यवस्थापन

. चुरोट : यहाँ चुरोट खान्छन् ठुटा त्यत्तिकै फाल्छन् । चुरोटको आगो नै ननिभाईन । यसले कति ठुलो असर गर्न सक्छ त्यो कुराको ख्याल गरिदैन । सानो आगोको त्यो झिल्काले कति ठुलो जनधनको नोक्सानी गर्न सक्छ, भन्ने थाहा हुदाहुदै पनि लापरवही गरिरहेका हुन्छौं । ईटालीका नागरिक  मैले त्यसै शभ्य भनेको हैन, उनीहरु पनि चुरोट खाँन्छन्, तर व्यवस्थित गर्छन् । यसले पुर्याउने क्षतिका बारेमा त्यत्तिकै सचेत छन् । सरकारले पनि ठाउठाउँमा एस्ट्रेको व्यवस्था गरिदिएएको छ । यो मलाई सारै राम्रो लाग्यो । अव मैले हाम्रो वडा वडामा, समुदायमा स्कुलमा जनचेतनाको अभियान सुरु गर्नेछु ।

. गमला : शहरका गल्ली र बाटोका छेउछाउमा फूलका गमलाहरुले सजाउने अभियान चाल्नेछु । पहिलो कुरा शहरलाई हरियाली वनाउने मन छ । सडकका छेउछाउ र विचमा हरियाली वनाउने पहल गर्ने सोँच छ । तर म एक्लैले यो सम्भव देख्दिन । तर यसमा म जनमत जुटाउने प्रयास गर्नेछु । जुन कुरा मेरो ईटली भ्रमणले क्लिक गर्यो । घरको कौशीमा होस या आँगनीमा राख्ने गमला, त्यसलाई राख्ने तरीका हामीकहाँ गलत छ । त्यसैले मलाई गमलामा फूल तथा विरुवा राखेर वडालाई सजाउने मन छ । सडकको किनारमा भएका घरहरुको अगाडी फूलका गमलाहरु हुनेछन् । यो कामको सुरुवात गर्नेछु ।

. व्रुमरः काठमाण्डौंमा अहिले व्रुमर चलिरहेको देखिनुरहनु होला, केही ठाउमा भएपनि धुलो उड्न कम भएको छ । त्यो काठमाडौं महानगरपालिकाले व्रुमर र जेट मेसिन चलाएर सडक सफा गरेपछि भएको हो । सडक, सवारी र पैदलयात्री सडकको धुलोका कारण वाक्क भईसकेका छन् । तर जनताको मन जित्न कमसमेकम धुलो र धुवा उडन कम भयो भने केही हदसम्म राम्रो मान्नेछन् । अहिले तत्कालका लागि काठमाडौंको धुलो कम गर्न काठमाडौंभित्र तीनवटा व्रमरले सडक सफा गरिरहेको छ । अव केही ठाउमा मात्रै सडक सफा गरेर हुदैन । महानगरले ७ वटा बु्रमर ल्याउदैछ । हामीले ईटलीमा त्यसको अध्यन गरेर पनि आयौं । ईटालीबाट ल्याउने त्यो व्रुमर अरुको तुलनामा वलिया र गुणस्तरीय छन् । यसले सडक सफा गर्दा सडकका गिट्टी, बालुवा फोहोर पनि एकैचोटी सफा गर्छ । त्यसपछि राजधानीवासी पनि खुशी देखिनेछन् । तर मुल सडक मात्र सफ गरेर भएन हामीले वजारका गल्ली गल्ली पनि सफा गर्नुछ । त्यसका लागि पनि हामी पहल गर्नुपर्छ ।

.डस्टविन : हामीले कुनै पनि वस्तु उपभोग गर्छौ तर फोहर वाटोमा फाल्छौं । यो हाम्रो शभ्यता हैन । इटालीका वाटोमा यस्तो कही देख्न पाउदैनौं । अब हामीले पनि त्यही अभियान चलाउनुपर्छ । हामी यो देशका शभ्य नागरिक वन्नका लागि कमसेकम फोहर व्यवस्थित गर्न जान्नुपर्छ । हामीले फाल्ने फोहर ३ थरीको हुन्छ एउटा कुहिने अर्काे नकुहिने र कवाडी फेरी प्रयोगमा ल्याउन सकिने । यसको व्यवस्थापनको लागि काम गर्नेछु । पहिला आफ्नै वडाबाट सुरु गर्छु । समुदाय र विद्यालयस्तरीय छलफल कार्यक्रम चलाउनेछु र यसको महत्व वुझाउने कोशिष गर्नेछु ।

अवको मेरो योजना

म काठमाडौं महानगरपालिको वडा नं १२ को वडा अध्यक्ष भएका कारण मैले जे देखे, जुन सिकाई भयो, आफैबाट सुरु गर्न चाहान्छु । मैले देखेका सपना, मैले गर्न खोजेका काम यसरी वुँदागत रुपमा राख्न चाहान्छु ।

  • १२ नम्वर वडालाई हरियाली वनाउने,
  • गल्लीगल्लीमा लेन मिलाएर विरुवा रोप्ने, गमला राख्ने,
  • व्रुमर चलाएर सडकको धुलो सफाचट पार्ने ।
  • आफ्नो आँगन आफै सफा गरौ भन्ने अभियान सुरु गर्ने
  • टेकु दोभान चियानलाई बनाइएको पार्कलाई सिंगार्ने
  • खोला किनारका पार्कहरु व्यवस्थित गर्ने ,
  • खाली जग्गा तथा ठाउँको तथ्याँक संकलन गरी वगैचा निर्माण पहल गर्ने ।

अब काठमाडौ शहरलाई सफा बनाउन, स्थानीयबासीको सोचमा परिवर्तन र सरसफाईका लागि जागरुक बनाउन जरुरी छ । वातावरण सफा गर्ने सन्दर्भमा हामीले धेरै गर्न जरुरी छ । तर हामीकहाँ खुट्टा तान्ने प्रवृति नराम्रो छ । काम गर्ने मान्छेलाई ईच्छा शत्ति भएको मान्छेलाई काम गर्न र सहयोग गर्न सक्नुपर्छ । अझ कुनै पनि काम फत्ते गर्न राजनीतिक गन्ध आउन नदिने काम गर्न जरुरी छ । त्यसका लागि पनि मेरो प्रयास रहनेछ ।

Comments are closed.