सञ्चारकर्मी रविले गरे निकितासंग कोर्ट म्यारिज

माघ, ७ काठमाडौ — चर्चित सञ्चारकर्मी रवि लामिछाने र चलचित्र विकास बोर्डकी अध्यक्ष निकिता पौडेलले अदालती विवाह गरेका छन्। उनीहरूबीच सोमबार दिउसो काठमाडौं जिल्ला अदालतमा कानुनी विवाह भएको उनले फेसबुुक मार्फत जानकारी दिएका छन् ।
रवि र निकिता दुबै डिभोर्सी हुन्। रविले केही समयअघि २५ वर्ष लामो वैवाहिक जीवन टुंग्याएका थिए। निकिताको ७ वर्ष पहिले नै डिभोर्स भएको थियो ।

यस्तो छ उनको फेसबुुक स्टाटस

ब्यक्तीगत जीवनले नयाँ मोड लिएको छ।एक अर्काका परिवार, आफन्त र नातागोताको छलफल र अनुमतिमा आज निकिता पौडेल जी र मैले कानुनी…

Posted by Rabi Lamichhane on Monday, January 21, 2019