माघ, ७ काठमाडौ — सोमबार बैठक सुरू हुनासाथ नेपाली कांग्रेसको अवरोधका कारण बैठक अवरुद्ध भएपछि बैठक माघ १४ सम्मको लागि स्थगित भएको छ । पूर्वप्रधानमन्त्रीहरू गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खुलेका अस्पतालहरू संघमार्फत नराखी विघटन गर्न खोजेको भन्दै कांग्रेसले सरकारको धारणा मागेको थियो । पहिलो बैठक आधा घण्टाको लागि स्थगित गरेका थिए । त्यसपश्चात पुन बसेको बैठकमा पनि कांगेसले अवरोध गरेका थिए ।
राष्ट्रियसभा बैठक माघ १४ सम्मको लागि स्थगित
