माघ ७, काठमाडौं -नेपाली कांग्रेसका कारण आजको प्रतिनिधिसभा बैठक अवरुद्ध भएको छ ।
सरकारले कांग्रेसका पूर्वसभापतिद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खोलिएका अस्पतालहरु केन्द्र सरकारको मातहतमा नराखेको भन्दै कांग्रेसले विरोध स्वरुप प्रतिनिधिसभा बैठक अवरुद्ध गरेको हो ।
बैठकको सुरुमै कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले कांग्रेसका नेताहरुको नाममा रहेका अस्पताल राजनीतिक पूर्वाग्रह राखेर खारेज गर्न लागिएको आरोप लगाए ।
नेता गच्छदारले संसद बैठकमा गोविन्द केसीसँग भएको सहमतिअनुसार चिकित्सा शिक्षा विधेयक पारित गर्नुपर्ने माग राखेका छन् ।