आर्थिक अभावका कारण भज्जुपूर्वाका जनता आरसेनिक युक्त पानी पिउन बाध्य

आलम खान

माघ, ७ बाँके – बाँकेको नेपालगंज उपमहानगरपालिका २३ भज्जुपूर्वा गाउँका बसिन्दा अहिले पनि आर्थिक अभावका कारण २० फुटमा जडान गरिएका धाराको पानी पिउन बाध्य हुनु परेको छ ।
गाँउमा विगतमा केही संस्थाहरुले धारा जडान गराए पनि पानीको गुणस्तर मापन नगरी २० फूटमा धारा जडान गरेकोले उक्त पानीबाट हरेक वर्ष बालबालिकाहरु बिरामी पर्ने गरेको स्थानीयहरुले बताएका छन् ।
स्थानीय रियाज अन्सारीले आर्थिक अभावका कारण आरसेनिक युक्त पानी पिएर जीवन यापन गरी रहेकोे बताएका छन् । स्थानीय सरका बनेपनि यो बिषयमा ध्यानाकर्षण नभएको रियाज अन्सारीले बताए ।