प्रतिनिधिसभाका दुई सांसद निलम्बित हुने अवस्थामा

माघ ७, काठमाडौं – प्रतिनिधिसभाका दुई सांसद निलम्बित हुने अवस्थामा पुुगेका छन् ।

निलम्बित हुने अवस्थामा पुुगेका प्रतिनिधिसभाका सदस्यहरुमा सभामुख कृष्णबहादुर महराले भर्खरै शपथ गराएका सांसद रेशम चौधरी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार अभियोगमा मुद्दा चलाएका सांसद हरिनारायण रौनियार हुन् । उनीहरु प्रतिनिधिसभाको चालु अधिवेशनमा सहभागी हुन पाएका छैनन् ।

प्रतिनिधिसभाका सदस्य रेशम चौधरी कैलाली क्षेत्र नं. १ बाट निर्वा्चित राष्ट्रिय जनता पार्टी (राजपा) सांसद हुन् । उनलाई सभामुख महराले पुस १९ गते पद तथा गोपनीयताको सपथ गराएका थिए । शपथपछि सांसद चौधरीलाई डिल्लीबजार कारागारमै फिर्ता गरिएको थियो ।

प्रतिनिधिसभा नियमावली २०७५ को नियम २४४ अनुसार, ‘संविधानको धारा १०३ को उपधारा (६) ले कुनै सदस्य पक्राउ गरिएमा त्यसको जानकारी सभामुखले सदनलाई तत्काल दिनेछ,’ भनी उल्लेख छ । संविधानको धारा १०३ को उपधारा (६) को प्रतिबन्धात्मक वाक्यांशमा लेखिएको छ, ‘कुनै फौजदारी अभियोगमा कुनै सदस्यलाई संघीय कानुनबमोजिम पक्राउ गर्न यस उपधाराले बाधा र्पुयाएको मानिने छैन ।

चौधरी निर्वा्चित भएको प्रमाणपत्र निर्वाचन आयोगले उनलाई नदिई संसद सचिवालयमा दिएको थियो । शपथपछि सभामुख महराले चौधरीलाई प्रमाणपत्र हस्तान्तरण गरेका थिए । टीकापुर घटनाको अभियोगमा चौधरी थुनामा रहेको जानकारी गृहबाट संसद् सचिवालयलाई थाहा भएपछि सभामुख महराले बैठकलाई जानकारी गराएपछि स्वतः उनी निलम्वन हुने अवस्थामा छन् ।

त्यसैगरी सत्तारुढ संघीय समाजवादी फोरमका सांसद रौनियारविरुद्ध पप्पु कन्स्ट्रक्सनका तत्कालीन अध्यक्षको हैसियतमा १९ करोड रुपैयाँ बिगोसहित अख्तियारले गत असोज १९ मा मुद्दा दायर गरेपछि स्वतः निलम्वन हुने अवस्थामा पुुगेका छन् ।

‘अख्तियारले चलाएकाले रौनियार निलम्बित भएको र चौधरी पनि टिकापुर घटनाका कारण निलम्बनकै अवस्थामा रहेकाले उनीहरु सासदका रूपमा बैठकमा भाग लिन नपाउने संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताए ।