संवैधानिक परिषद्ले गर्यो पाँच आयोग अध्यक्षका लागि नाम सिफारिस, वित्त आयोगको अध्यक्षमा बालानन्द पौडेल सिफारिस

माघ, ६ काठमाडौ— संवैधानिक परिषद्ले विभिन्न आयोगहरुको अध्यक्षमा नाम सिफारिस गरेको छ । आईतबार बसेको परिषद् बैठकले राष्ट्रिय प्रकृति तथा वित्त आयोगको अध्यक्षमा पर्वतका बालनन्द पौडेलको नाम सिफारिस गरेको छ ।
त्यस्तै राष्ट्रिय समावेशी आयोगको अध्यक्षमा प्युठानका शान्तराज सुवेदी, मधेसी आयोगको अध्यक्षमा धनुषाका डा. विजयकुमार दत्त, थारु आयोगको अध्यक्षमा बर्दियाका विष्णुप्रसाद चौधरी र मुस्लिम आयोगको अध्यक्षमा काठमाडौंका समिम अन्सारीको नाम सिफारिस गरिएको छ ।