सडकले फेरियो डोल्पालीको दैनिकी

माघ, ६ काठमाडौ — सडक सुुबिधाले डोल्पाबासीको दैनिकी फेरिदै आएको छ । निर्माण सामाग्रीहरु खच्चडबाट ढुुवानीको बाध्यता यतिबेला जिप, ट्रयाक्टर, मोटरसाइकल लगायतका साधनबाट ढुवानी भइरहेको छ ।

जाजरकोट–डोल्पा सडक खण्डको ट्र्याक खुलेर गत असोज १६ गते डोल्पा राष्ट्रिय सडक सञ्जालमा जोडिएको हो। नेपाली सेनाले जिम्मा लिएको उक्त सडक खण्डको निर्माण सम्पन्न भएर सदरमुकाम दुनैसम्मको कच्ची ट्र्याक खुलाइसकिएको छ ।
सडक पुगेसँगै हप्तौं लगाएर सुर्खेत नेपालगन्ज लगायत सहरमा जानुपर्ने बाध्यता हटेको छ तर सडकको बीचमा पर्ने भेरी नदी र स–साना खोलामा पुल नभएका कारण आधा दर्जन ठाउँमा गाडी परिवर्तन गर्दै यात्रा गर्नुपर्ने बाध्यता छ।

। उपल्लो डोल्पामा पर्ने चीन र नेपालको सिमानामा पर्ने मोरिम्ला र क्याटो नाका खोलेर व्यापारिक सडकका रूपमा विकास गरिने सरकारको लक्ष्य छ। जाजरकोट–डोल्पा सडकमा सानाठूला गरेर एक दर्जन पक्की पुल निर्माण गरी सडक कालोपत्रे गरेपछि डोल्पामा विकासको लहर चल्ने सरोकारवालाको भनाइ छ । (रासस)