माघ, ६ काठमाडौ — भूकम्पपछि क्षति भएका निजी आवास पुनस्निर्माणका लागि सरकारी अनुदान काभ्रेपलाञ्चोक बासीहरुले फिर्ता गरेका छन् । ३२ सेवाग्राहीले पुननिर्माणका लागि सरकारी अनुदान लिएर घर नबनाई रकम फिर्ता गरेका छन् ।
गत पुस १५ पुनर्निर्माण प्राधिकरणले घर निर्माण नगर्नेले रकम फिर्ता गर्न सकिने सार्वजनिक सूचना जारी गरेको थियो त्यसपश्चात
सेवाग्राहीको रकम फिर्ता गरेका हुुन् ।
काभ्रेपलाञ्चोकमा निजी आवास पुनःनिर्माणको लाभग्राहीको लागि ८२ हजार ८३३ जना लाभग्राहीको पहिचान भएकोमा अनुदान सम्झौता गरेर पहिलो किस्ता लिनेको सङ्ख्या ७२ हजार १७ छ ।