वाइड वडी विमान प्रकरणमा पूर्व प्रधानमन्त्रीद्वय दाहाल र देउवा, र वर्तमान प्रधानमन्त्री ओलीवीच सहमति भएको खुलासा

माघ ६, काठमाडौं — वाइड वडीविमान खरिद प्रकरणमा पूर्व प्रधानमन्त्रीद्वय पुष्पकमल दाहाल र शेरबहादुर देउवा, र वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीवीच सहमतिमा भएको खुलासा भएको छ ।

एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी)का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले वाइड वडी विमान खरिद प्रकरणमा उनीहरुवीच सहमतिमा भएको आरोप लगाएपछि यस्तो कुरा खुलासा भएको हो ।

शनिबार राजधानीमा भएको एक कार्यक्रममा बोल्दै डा. प्रकाशचन्द्र लोहनीले पूर्व दुईप्रधानमन्त्री र अहिलेका प्रधानमन्त्रीको कार्यकालमा वाईडी विमान खरिद सहमतिमा भएको बताए ।

उनले बहालवाला पर्यटनमन्त्री रवीन्द्र अधिकारीले संसदमा यो विषयमा ढाँटेको आरोप लगाए । उनले वाइड वडी प्रकरणको छानविन गरी सत्य, तथ्य बाहिर ल्याउन पर्यटनमन्त्री अधिकारीले तत्काल राजीनामा दिनुपर्ने र अख्तियारले अबिलम्ब छानबिन सुरु गर्नुपर्ने कुरा राखे ।