कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट पनि श्रम स्वीकृति सेवा सुरु

माघ ६, काठमाडौं — सुर्खेतबाट पनि श्रम स्वीकृतिलगायत सेवा प्रदान कार्य सुरु भएको छ । सरकारले आजदेखि कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट पनि श्रम स्वीकृतिलगायत सेवा सुरु गरेको हो ।

वैदेशिक रोजगारीसँग सम्बन्धित सेवालाई विकेन्द्रित गर्दै लगेको कर्णाली प्रदेशको श्रम तथा रोजगार रोजगार कार्यालयबाट पनि पुनःश्रम स्वीकृतिको सेवा प्रदान कार्य सुरु गरेको श्रम, रोजगार तथा सामजिक सुरक्षा मन्त्रालयले जनाएको छ । साथै यसका लागि आवश्यक आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी पूरा भइसकेको पनि मन्त्रालयले जनाएको छ ।

श्रम कार्यालयबाट सुरुको चरणमा पुनःश्रम स्वीकृति प्रदान गर्ने, वैदेशिक रोजगारी सम्बन्धी इजाजत पाएका संस्था र तालीम एवं अभिमुखीकरण संस्थाको अनुगमन तथा नियमन गरिनेछ । वैदेशिक रोजगारीको सूचना तथा जानकारी सम्प्रेषण, गुनासो सुनुवाइ, सेवा प्रवाहको सहजीकरण जस्ता कार्य त्यही कार्यालयबाटै हुने भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले मन्त्रालयको जिम्मेवारी पाएपछि वैदेशिक रोजगारीसँग सम्बन्धित सेवालाई विकेन्द्रित गर्ने काम सुरु भएको हो ।
यसले सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको सजिलोका लागि प्रदेशबाटै पुनः श्रम स्वीकति प्रदान गर्ने निर्णय लिएको हो ।

मन्त्रालयले पहिलो चरणमा गत पुस १५ गतेदेखि प्रदेश २ को श्रम तथा रोजगार कार्यालय जनकपुर र प्रदेश ५ को बुटवलबाट श्रम स्वीकृतिलगायत वैदेशिक रोजगारसँग सम्बन्धित सेवा उपलब्ध गराउन सुरु गरेको थियो । त्यसैगरी गत पुस २५ गतेदेखि गण्डकी प्रदेशबाट यो सेवा सुरु गरेको थियो ।

बाँकी प्रदेशका पनि वैदेशिक रोजगारसँग सम्बन्धित सेवा प्रवाह सुरु गर्ने गरी मन्त्रालयले आवश्यक तयारी लगभग पुरा गरेको छ ।
कर्णाली प्रदेशमा पनि श्रमस्वीकृतिकको काम सुरु भएपछि अब कर्णालीवासीले हजारौं खर्चेर काठमाडौं राजधानी धाउनुपर्ने बाध्यताको अन्त्य हुने भएको छ ।